RSS
email

मलमको उपयोग


सुङ राज्यमा एक जना मानिसले हात नफुट्ने मलम बनायो । धोबीले जाडोमा त्यो मलम लगाएर लुगा धुँदा हात फुट्दैनथ्यो । उसले मलम बनाएर धोबीहरूलाई बेच्ने बिचार ग¥यो । मलमको कुरा सुनेर एक जना मानिसले त्यो बनाउने विधि किन्न माग्यो । धोबीको घरघरमा गएर मलम बेच्नुभन्दा मलम बनाउने विधि बेच्नु बेस ठानेर उसले चाँदीको सय सिक्कमा मलम बनाउने विधि बेच्यो ।मलम बनाउने विधि किन्ने मानिसले त्यो विधि राजालाई उपहार दियो । केही समयपछि सुङ राज्य र ये राज्यबीच लडाइँ भयो । जाडोको बेलामा लडाइँ भएको हुनाले दुबै राज्यका फौजका सिपाहीहरूलाई लड्न गाह्रो भयो । तर सुङ राज्यका सिपाहीहरूले जाडोमा लाउने मलम लगाएर लर्डाईँ जिते । खुशी भएर मलम बनाउने विधि उपहार दिने मानिसलाई राजाले जर्गा जमिन बिर्ता दिए ।

Bookmark and Share

1 comments:

Post a Comment

 

Friends

Categories