RSS
email

नङ टोक्ने केटी

एउटा राम्रो र शानदार घर थियो । त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयमका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, भिसिडी, भिडियो गेम, कम्प्युटर सबै थिए । सबै सामानहरू आ-आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यो घरको चाँजोपाँजो र सरसफाई देखेर प्रसन्न हुन्थे । त्यस घरका दुई घरमुली बूढाबूढी सरकारी कार्यालयमा काम गर्दथे । उनीहरूको जागिरबाट धेरे तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्दैनथे । त्यस घरमा एउटा रहस्यमय कुरा यो थियो कि राती सधै त्यहाँ देवीमाता आउने गर्दथिन् । ती घरका बूढाबूढी भद्र इमान्दार, मिहिनेती भएका हुनाले देवी माताले राति सबै सामान मिलाई दिएर खानेकुरा भरिपूर्ण गरेर जाने गर्दथिन् । यो कुरा कसैलाई थाहा थिएन । भन्नेहरू चाहिँ भन्ने गर्दथे कि साँच्चै भगवान्ले सबै पुर्‍याइदिएका होलान् ।

त्यस घरमुलीकी एउटी असाध्यै राम्री र ज्ञानी छोरी थिइन् । तर तिनको नङ टोक्ने नराम्रो बानी थियो । उनी सात-आठ वर्षी थिइन् । उनको भर्खरै नङ टोक्ने बानी बसेको थियो । उनको नङ टोक्ने आदतले उनको आमाबुबा र गुरुगुरुमाहरू पनि दिक्क हुनुहुथ्यो । कतिभन्दा पनि उनले नङ टोक्न छाडेकी थिइनन् । झन उनको बानी बढ्दै गएको थियो । स्कुलमा फुर्सद हुने वित्तिकै आफै उनको नङ मुखमा पुगिहाल्थ्यो । झन गुरुगुरुमाले उनको कुनै गल्ती देखाएर गाली गर्नुभयो भने त झन् टोकेको टोक्यै गर्दथिन् । घरमा पनि टिभी हेरेको बेला नङ टोकिहाल्दथिन् । आज मिसले उनलाई गल्ती नगरिकन नै पिटेको हुनाले झन नङ टोक्न मन लाग्यो । यसरी चित्त दुखेको बेला उनी झन् नङ् टोक्ने गर्दथिन् । उनी टिभी हेरेको बेला पनि झन् धेरै नङ् टोक्ने गर्दथिन् । अहिले पनि उनी टिभी हेरिरहेकी थिइन् । टिभीमा टम एण्ड जेरीको कार्टुन दिइरहेको थियो । उनलाई आफू पनि जेरीजस्तै भएर टम भएकी मिसलाई झुक्याउन पाए हुने जस्तो लाग्यो । यस्तो बेलामा त उनलाई झन् बढी नङ टोक्न मन लाग्दथ्यो । त्यहीँ समयमा उनकी आमा आउनुभयो र कराउनुभयो- "कस्तो नङ मात्र टोकेकी ! यसको बानी कहिल्यै हराउने भएन ।" त्यसपछि उनी झसङग भइन् ।

वास्तवमा उनले नङ त टोक्न नहुने नि । केहीदिन उनले नङ टोकिनन् । फेरि उनको हात मुखमा गईहाल्थ्यो । उनले नङ टोक्ता कतिपय पेटमा पुग्दथ्यो भने कतिपय थुक्दा कोठाभरि हुन्थ्यो ।

केहि दिनपछि उनी विमारी भइन् । विमारी भएर उनी ओछ्यानमा परिन् । विमारी भएर ओछ्यानमा सुत्दा पनि उनी नङ टोकिरहन्थिन् । उनले टोकेर फ्याकेका नङहरू कोठाभरि हुन्थे । राती उनी मस्त निदाएकी थिइन् ।

उनी निन्द्रामा थिइन् । निन्द्रामा ओछ्यानका वरिपरि टोकेका नङहरू उफ्रीउफ्रीझगडा गर्दै थिए । पेटभित्रका नङ पनि बाहिरसम्म सुनिने गरी बाझिरहेका थिए । उनलाई अचम्म लाग्यो । उनले ती स-साना बाझिरहेका नङलाई भनिन् - "तिमेरू किन बाझेका हँ । तिनीहरूले एकै स्वरमा भने हामीहरू यो घरमा राज्य गर्न सैनिक अध्भास गर्दैछौं ।

उनी छक्क परिन् अनि भनिन्- "ओहो ! तिमेरूले राज्य गर्‍यौ भने के हुन्छ हँ -"

उनीहरूमध्ये एकले भन्यो - "हामीले राज्य गर्‍यौं भने घरको खानेकुरा हामी राति नै सबै खाईदिन्छौं अनि तिमेरु भोकै हुन्छौं ।"

उनले पेटभित्रको नङलाई पनि सोधिन्

उनीहरूले पेटको आन्द्राभुँडी नै खाइदिन्छौ भने । यो सुनेर उनी चिन्तित् भइन् । खानेकुरासम्म खाइदिँदा त किनेर फेरि ल्याऔला तर पेटको आन्द्राभुँडी नै खाइदिँदा कसरी बाँच्ने - उनलाई पिर लागेर आयो ।

उनी चिन्तित् भइन् त्यही समयमा सधैँ राती आउने माता आइन र उनलाई अब यसरी नङ नखानू भनेर सम्झाइन् । यसरी नङहरूले राज्य गरे भने उनी पनि त्यस घरमा आउन नसक्ने रहस्य बताइन् । अहिलेसम्म उनले नै राति आएर त्यस घरको सफासुग्घर चाँजोपाँजो मिलाइदिएको रहस्य पनि बताइन् । उनलाई देवीमाताले भनेका सबै कुरा साँचो लाग्यो । उनले अब नङ नटोक्ने संकल्प गरिन् ।

उनी कतिखेर निदाइन् , उनले पत्तै पाइनन् । बिहान उज्यालो हुँदा उनले बेलुका देखिएका सैनिक नङहरू देखिनन् । मसिना नङहरूचाहिँ ओछ्यान वरिपरि छरिएका देखिन् । उनले आमालाई डाकिन् र भनिन् - " आमा, यी छरिएका सबै नङ बढालेर म फ्याक्छु । अबदेखि म कहिल्यै नङ टोक्दिन हैं आमा" उनको कुरा सुनेर आमा खुशी हुनुभयो ।


Bookmark and Share

2 comments:

ब्लगर कान्छो said...

मेरो सानो प्रयासमा कमेन्ट दिनुहोला ।
धन्याबाद

ब्लगर कान्छो said...

उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी । अमेरिकामा रहेकी छोरीले बोलाएकी छन्, केही समय बस्छन् र सुस्ताउँछन् 'बाबा' भनेर । उहिले आफूले डोर्‍याउने हातले यतिखेर आफैँलाई डोर्‍याउने बेला आइसकेछ, उनलाई होसै थिएन । हुन पनि उनलाई बेहोसीकै बिरामीले सताएको छ केही समययता । उच्चरक्तचापका कारण मस्तिष्काघातले च्यापेपछि केही वर्षेखि उनी गुफाबासीझैँ बनेका छन् । तर यिनलाई सपनाको त्यो मुलुकतिर जानै मन छैन, यो सोचमा डुब्दाचाहिँ पूरापूर होसमा छन् उनी ।

आफूसँग र आफ्नाहरू जे-जो छन्, यतै छन् स्वदेशमै भन्ने चस्काले उनलाई छोपिरहन्छ । त्यही भावनाको जालले बाँधेर जकड्याउँछ उनलाई नेपाल खाल्डोभरि । तर छोरीको मन राख्न भए पनि एकफेरा गोराहरूको देशमा चक्कर काट्न जानै पर्ला भन्ने पारिवारिक रन्थनीले छातीमा मुक्का हानिरहन्छ । र निश्चित हो, यो अन्तरङ्ग वार्ता प्रकाशनमा आउँदा यी मनु यतैबाट पोक्याएर लगेको बिजुली चुरोट अमेरिकी आकाशमा बुङ्बुङ्ती फुकिरहेका हुनेछन् । मनु, जसले धेरै कथा लेखे नेपाली साहित्यमा, जो अब आफ्नै कथाजस्तै बनेका छन् ।

Post a Comment

 

Friends

Categories